बर्दिया २ मा कांग्रेस उम्मेदवार राठौर उपयुक्त व्यक्ति : डिल्लीबहादुर चौधरी
बारबर्दिया । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिनिधि सभा निर्वाचनमा बर्दिया २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नेता किशोरसिंह राठौरलाई विजयी बनाउन अपील गरेका छन् ।
बुधबार नेपाली कांग्रेस बारबर्दिया नगरपालिका वडा नं. २ ले आयोजना गरेको वडास्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री चौधरीले कांग्रेस उम्मेदवार राठौरलाई विजयी बनाउन आग्रह गरेका हुन् । बर्दिया २ को विकास र उन्नतिका लागि सबैभन्दा उपयुक्त व्यक्तित्व कांग्रेसका उम्मेदवार राठौर रहेको चौधरीले बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभामा संसदीय दलका नेता समेत रहेका चौधरीले थारुहरूको मुक्तिको पक्षमा कांग्रेसले धेरै महत्वपूर्ण कामहरू गरेको बताएका छन् ।
Published : Thursday, 2026 February 26, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया