गढवामा कांग्रेसको भव्य घरदैलो र र्‍याली, मतदाताहरूसँग चौधरीले मागे जीतको आशीर्वाद (तस्वीर)

गढवा । नेपाली कांग्रेसबाट दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका योगेन्द्र चौधरीले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो कार्यक्रम गरेका छन् ।

बुधबार दाङको देउखुरीस्थित गढवा गाउँपालिकाका विभिन्न वडाहरूमा उम्मेदवार चौधरीले बृहत घरदैलो तथा र्‍यालीको कार्यक्रम गरेको क्षेत्रीय सभपाति भेषराज पाण्डेले बताए ।

कांग्रेसले गढवा क्षेत्रको चुनावी माहोललाई थप तताएको छ । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

कांग्रेसका सहमहामन्त्री समेत रहेका उम्मेदवार चौधरीले लोकतन्त्रको रक्षा, स्थिर सरकार निर्माण र स्थानीय विकासलाई प्राथमिकतामा राखेर आफू निर्वाचन मैदानमा उत्रिएको बताए ।

उनले गढवाको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै कृषि, पर्यटन, साना उद्योग तथा पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि सम्भव रहेको धारणा व्यक्त गरेका छन् ।

Published : Wednesday, 2026 February 25, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया