कांग्रेसका किरणकिशोरको प्रचारमा दाङ- २ मा युवाहरूद्वारा मोटरसाइकल र्‍याली

घोराही । नेपाली कांग्रेस, दाङ निर्वाचन प्रचार प्रसार समितिले दाङ क्षेत्र नं. २ का उम्मेदवार किरणकिशोर घिमिरेको प्रचार प्रसारका लागि बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।

बुधबार दाङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचन युवा परिचालन समितिको आयोजनामा कांग्रेसका उम्मेदवार घिमिरेको प्रचारप्रसारका लागि बृहत् मोटरसाइकल र्‍याली गरिएको हो ।

मोटरसाइकल ¥यालीमा उम्मेदवार घिमिरेसहित कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको बृहत मोटरसाइकल र्‍याली वीपीचोक, भानुचोक, नारायणपुर, बिजौरी, गणेशपुर, हापुर, बिजौरी, रमना, घोराही, गोग्लीबाट पुनः घोराही–१५ स्थित भानुचोकमा फर्किएर समापन भएको छ ।

दाङ २ का उम्मेदवार घिमिरेले दाङको समृद्धिसँगै लोकतन्त्र संरक्षण र सस्थागत विकासका लागि नेपाली कांग्रेसलाई फागुन २१ ग्ते हुने निर्वाचनमा विजयी गराउन आग्रह गरेका छन् । घिमिरेले मतदानमा परिणाम आफ्नो पक्षमा पार्ने गरि लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

Published : Wednesday, 2026 February 25, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया