टाईगर फरेष्ट रिसोर्टमा बारासिङ्गे बियर गार्डेनसहितको सुविधा
लुम्बिनी । टाईगर फरेष्ट होटल प्रा.लि.ले नयाँ अवधारणासहित आफ्नो होटल व्यवसायलाई विस्तार गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३, कोटिहवामा, रुपन्देहीको टाइगर प्यालेस बाई सोल्टी नजिकै शान्त र हरियाली वातावरणमा विकसित यो परियोजनाले लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको छ ।
प्राकृतिक परिवेश, खुला स्थान र मौलिक संरचनाको शैलीले यस होटललाई अन्य परम्परागत होटलभन्दा अलग बनाएको व्यवस्थापन पक्षले जनाएको छ ।
होटल परिसरमा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण बनेको छ । बाह्रसिङ्गेका सबै भेराइटी ड्राफ्ट प्रणालीमार्फत धारा जडान, कारखानामा जस्तै ताजगी र स्वादमा उपलब्ध छन् । खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको अनुभव लिन पाउने सुविधा यस क्षेत्रमै नयाँ अनुभवका रूपमा प्रस्तुत गरिएको छ ।
काठबाट बनेको रेस्टुरेन्टमा अनुभवी शेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकारहरू सुपथ मूल्यमा उपलब्ध छन् । लाइभ म्युजिकको साथमा परिवार वा साथीहरूसँग समय बिताउन मिल्ने वातावरणले आगन्तुकलाई सहज र आत्मीय अनुभूति दिन्छ ।
हाल होटलमा काठबाट बनेका २० वटा लक्जरी भिल्ला तथा कोठा प्रारम्भीक सञ्चालनमा छन् । प्राकृतिक सामग्री प्रयोग गरी निर्माण गरिएका यी संरचनाले वातावरणमैत्री सन्देश मात्र दिन्छन्, बसाइलाई पनि विशिष्ट अनुभव बनाउँछन् । डान्स क्लब, स्पा सेवा र बैंकेट हल समेत सञ्चालनमा आइसकेका छन् । बैंकेट हलमा १५०० व्यक्तिसम्मको क्षमता भएको कार्यक्रम आयोजना गर्न सकिन्छ, जसमा निजी कार्यक्रम, संस्था तथा संगठनले कार्यक्रम गर्न सक्ने सुविधा उपलब्ध छ ।
करीब ५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको यस परियोजनामा हालसम्म करिब १५० करोड रुपियाँ लगानी भइसकेको छ । थप १५० करोड रुपियाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट विकास गर्ने योजना रहेको सञ्चालक मीनराज भुसालले जानकारी दिएका छन् ।
आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिकाको खेल क्षेत्रसहित थप ८० वटा काठबाट बनेका भिल्ला निर्माण गरिने योजना अघि बढाइएको छ ।
स्वदेशी उत्पादन हुने सल्लो र साल जस्ता काठ प्रयोग गरेर इन्जिनियरिङ मापदण्डअनुसार संरचना निर्माण गर्दा नक्सा स्वीकृतिमा स्पष्ट कार्यविधि नहुँदा चुनौती भएको सञ्चालकले बताएका छन् ।
बाँस संरचनाका लागि कार्यविधि बनेजस्तै, स्वदेशी काठ प्रयोगमा पनि स्पष्ट कानुनी आधार तय हुनुपर्ने माग गरिएको छ । यसले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र स्थानीय उद्योग तथा रोजगारीलाई टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको होटलले पूर्ण सञ्चालनपछि अझ ठूलो संख्यामा रोजगारी सिर्जना हुने जनाएको छ ।
व्यवसाय प्रवर्द्धन भए मात्र दीगो रोजगारी सम्भव हुने भन्दै, लगानीको सुरक्षा र संरक्षणमा सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको सञ्चालकको भनाइ छ ।
लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो परियोजना प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।








फेसबुकबाट तपाईको प्रतिक्रिया