काठमाडौंमा जडीबुटी व्यापारीको अपहरण, ३ जना पक्राउ
काठमाडौं । जडीबुटी व्यापारीको अपहरण गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५ मा पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।
एसपी रामेश्वर कार्कीका अनुसार बोहरा जडीबुटी व्यापारी हुन् । बोहरालाई अपहराण गरी केही दिन होटलमा बन्धक बनाएको र कुटपिट समेत गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । लेनदेनको विषयमा अपहरण गरी कुटपिट गरेको एसपी कार्कीले जानकारी दिए ।
बन्धक बनाएको आरोपमा प्रहरीले सोही होटलका सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । होटलका सञ्चालक कास्कीका शिवबहादुर घर्ती, सुर्खेत घर भई कलंकी बस्ने फपेन्द्र न्यौपाने र जुम्लाका धनराज बस्नेत पक्राउ परेका हुन् । फपेन्द्र टेकुस्थित अस्पतालका स्वास्थ्य सहायक समेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया