डीआईजी खत्रीद्वारा नवलपरासीका प्रहरी इकाइहरूको अनुगमन

भैरहवा । नेपाल प्रहरी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले निर्वाचनको तयारीका सम्बन्धमा भइरहेका विभिन्न प्रहरी इकाइहरूको तयारी अवस्थाको स्थलगत निरीक्षण गरेका छन् ।

मंगलबार नवलपरासीमा डीआईजी खत्रीले निर्वाचनको तयारीका विषयमा भइरहेको मातहतसँग जानकारी लिएका हुन् । उनले प्रहरी इकाइहरूको अनुगमन गरेका छन् ।

डीआईजी खत्रीले निरीक्षणका क्रममा जनशक्ति अवस्था, तयारी अवस्था तथा ड्युटी व्यवस्थापनको समीक्षा गरी आवश्यक निर्देशन प्रदान गरेका छन् ।

Published : Wednesday, 2026 February 25, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया