बर्दिया– १ मा झण्डै एक सय युवाहरू कांग्रेसमा प्रवेश
गुलरिया । विभिन्न राजनीतिक दलमा आबद्ध झण्डै एक सय युवाहरू नेपाली कांग्रेस, बर्दियामा प्रवेश गरेका छन् ।
सोमबार बर्दियामा आयोजित कार्यक्रममा एमाले, नेकपा लगायतका दल परत्याग गरेका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेको बाँके कार्यसमितिका सदस्य छविलाल सुवेदी लगायत झण्डै एक सय युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशहरूलाई कांग्रेसका नेता एवम् बर्दिया– १ का उम्मेदवार सञ्जयकुमार गौतमले स्वागत गरेका छन् । नवप्रवेशी युवाहरूले बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गौतमलाई विजयी गराउने जिम्मेवारी दृढ संकल्पका साथ ग्रहण गरेका छन् ।
Published : Monday, 2026 February 23, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया