स्याङ्जामा विभिन्न दल परित्याग गरेका युवाहरू कांग्रेसमा प्रवेश

पुतलीबजार । स्याङ्जामा विभिन्न राजनीतिक दलसँग आबद्ध युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार पुतलीबजार नगरपालिका–१३ लाम्पाटा, तोरीखोला लगाएतका क्षेत्रका १५/२० जना युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी युवाहरूले सबै जोड्ने र सबै अट्ने कांग्रेस अन्य पार्टीको तुलनामा लोकतान्त्रिक पार्टी भएको र पार्टीले अंगिकार गरेको नीतिबाट प्रभावित भएको बताएका छन् ।

पछिल्लो समय देशमा बढ्दै गएको अनैतिक र अराजकताप्रति दुःख व्यक्त गर्दै उनीहरूले कांग्रेस सबैभन्दा जिम्मेवारी पार्टी भएका कारण आफूहरूले कांग्रेसलाई रोजेको बताए ।

कांग्रेस प्रवेश गर्नेहरूमा विशाल वि.क., सुनिल वि.क., अभिशेख वि.क., सुजन सुनार, समिर वि.क., सुमन सुनार, दिवस सुनार चदरा लगाएतका युवाहरूलाई नेपाली कांग्रेस, स्याङ्जाका सभापति राजु थापा र जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी.ले सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

पार्टी प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै स्याङ्जा कांग्रेसका सभापति राजु थापाले लामो समयदेखि अधिकारी प्राप्तिमा समय बिताएको कांग्रेसले पछिल्लो समय आर्थिक विकासमा जोड दिएको उल्लेख गरेका छन् ।

सभापति थापाले अबका दिनमा कांग्रेसले पढेका र सिप भएका युवाहरूलाई रोजगारी बनाउँदै आर्थिक अभावमा पठनपाठन बिहीन युवायुवतीलाई स्वरोजगार बनाउने बताए ।

जिल्ला समन्वय समितिका सदस्य तथा जनजाति संघका नेता नेमबहादुर राना, नेपाली कांग्रेस स्याङ्जाका सह–सचिव ध्रुवबन्धु पौडेल, अर्जुनचौपारी गाउँपालिका–५ का वडाध्यक्ष बद्रीप्रसाद पौडेल, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.–१ प्रदेश नंम्बर १ का सभापति ध्रुवबिक्रम खाण, कानून व्यवसायी हरिप्रसाद रेग्मीले कांग्रेस प्रवेश गरेका युवाहरूलाई स्वागत गरेका थिए ।

Published : Monday, 2026 February 23, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया