टिकट नपाएपछि मकवानपुरका संस्थापक सभापति पराजुलीले कांग्रेसमा प्रवेश

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार बिहान सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पराजुली कांग्रेसमा प्रवेश गरेका हुन् ।

पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए ।

मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् ।

प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेर रास्वपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

मकवानपुरमा पार्टी निर्माणमा योगदान गरेकालाई पाखा लगाएर पछि आएकालाई टिकट दिएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट भएका छन् ।

कांग्रेस प्रवेश गरेपछि पराजुलीले रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

Published : Monday, 2026 February 23, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया