पार्टीको झण्डा जलाउने रास्वपाको उदण्ड गतिविधिको कांग्रेसद्वारा बिरोध
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाएको छ ।
आइतबार पार्टी मुख्यालय, सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरूले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको उल्लेख गरेका हुन् । ती अराजक कार्यहरू तत्काल बन्द हुनुपर्ने कांग्रेस नेताहरूले प्रतिक्रिया दिएका छन् ।
कांग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव तथा धार्मिक संहिष्णुतामा असर पु¥याउने काम भइरहेको भन्दै त्यस्ता खालका गतिविधिहरू कहीँ कतैबाट पनि हुन नहुने जनाएको छ ।
कांग्रेस नेताहरूले सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति दिनेकुरा कुनै पनि पार्टीले गर्न नहुने जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया