सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ ।

शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले जाउलाखेल यूथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहाराले आहा ! रारा पोखरा गोल्डकपको २५औं संस्करणको उपाधि जितेको हो ।

२०७० सालमा प्रतियोगिताको पहिलो पटक उपाधि चुमेको आयोजक सहाराले शनिबार दोस्रो पटक उपाधि जित्दै ईतिहाँस दोहोर्‍याएको छ ।

चौथो पटक फाइनल खेलेको सहारा २०६९ मा फाइनलमा पुगे पनि उपाधिबाट वञ्चित भएको थियो । त्यसको एक वर्षपछि नै २०७० मा उपाधि चुमेको सहारा २०७३ सालमा फाइनलमा पुगेर चुक्दा दोस्रो पटक उपाधि जितेर इतिहास दोहोर्‍याउन असफल भएको थियो । यस पटक भने सहाराले कुनै गल्ती नगरी उपाधि चुमेर इतिहासमा दोस्रो पटक उपाधि जित्नेमा आफ्नो नाम दर्ज गराएको छ ।

१४ वर्षपछि फाइनल खेलेको जावलाखेल भने इतिहास कोर्न असफल भएको छ । २०६८ सालमा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपमा फाइनल खेलेको जावलाखेल त्यसबेला पनि फाइनलमा पराजित भएर उप–विजेतामा सीमित भएको थियो ।

त्यसको १४ वर्षपछि शनिबार भएको भिडन्तमा पनि आयोजकसँग पराजित हुँदै उपाधि जित्नेको ईतिहाँस लेख्ने जावलाखेलको सपना पूरा भएन ।

उपाधि विजेता सहारा क्लबले नगद १४ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उप–विजेतामा चित्त बुझाएको जावलाखेलले नगद ७ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त ग¥यो ।

शनिबारको उपाधि भिडन्तमा जावलाखेलमाथि सहारा हाबी भयो । पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल गरेको सहाराले खेलको २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

प्रतियोगिता अवधिभर निर्धारित समयमा जम्मा एक गोल मात्र गरेको सहाराले फाइनलमा भने आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्‍यो ।

प्रतिष्पर्धात्मक रुपमा भइरहेको खेलमा सहाराका लागि मुकुन्दकुमार नुईरेले गोलको खडेरी तोड्दै टिमलाई टिमलाई अग्रता दिलाएका थिए । सहाराले पाएको कर्नर किकमा हेडर गर्दै सुन्दर गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको सहाराले खेलको ७३ औं मिनेटमा दोस्रो गोल गद्रै अग्रता दोब्बर पा¥यो । सुशील लामाले प्रहार गरेको लामो क्रसलाई हेडरमार्फत नै उनले जाली चुमाउँदै जित सुनिश्चित गरे ।

काउन्टर अट्याकको रणनीतिमा रहेको सहाराबिरुद्द जावलाखेलले आक्रामक रणनीति अप्नाएको थियो । खेलाडीबीचको समन्वय अभाव, बल होल्डमा देखिएको समस्यासँगै फिनिसिङमा चुक्दा उप–विजेतामै चित्त बुझाउन बाध्य भयो ।

६० औं मिनेटमा जावलाखेलका लागि बौबाकार सिस्सोखोले गोल गरे पनि रेफ्री प्रज्वल क्षेत्रीले अफसाईड दिए । त्यसबाहेक जावलाखेलले खासै मुभ निकाल्न सकेन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक सहारा क्लब पोखराका मुकुन्दकुमार नुईरे भए । सहारा एकेडेमीका उत्पादन नुईरेले टेलजीको एक थान स्कुटर हात पारे ।

उत्कृष्ट स्ट्राईकर जावलाखेलका धर्वेन्द्र कुँवर, उत्कृष्ट मिडफिल्डर जावलाखेलकै बौबाकार सिस्सोखो, उत्कृष्ट डिफेन्डर सहाराका टाय डिनियल बडारु, उत्कृष्ट गोलकिपर सहाराका टीकेन्द्र थापा र सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा ईबाउ केबे तथा उत्कृष्ट प्रशिक्षक सहाराका सुनिलकुमार राना बने ।

प्रतियोगिताको उत्कृष्ट ईमर्जिङ खेलाडीमा मुकुन्दकुमार नुईरे र फेयर प्लेमा आभा एफसी उज्बेकिस्तान घोषित भए । उत्कृष्ट बनेका सबैले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।

Published : Saturday, 2026 February 21, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया