कांग्रेसद्वारा अनुशासन समितिको कार्यविधि पारित, कारबाही गर्ने नेता, कार्यकर्ताहरूको सूची तयार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको समितिको बैठकले कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक, समर्थक तथा पार्टी अनुशासनविपरीत क्रियाकलापमा संलग्न सदस्यका सम्बन्धमा छलफल भएको कांग्रेसले जनाएको छ ।

समितिले केही नेता तथा कार्यकर्ताहरूलाई अनुशासनको कारबाहीको तयारी गरेको छ । कारबाही गर्ने नेता तथा कार्यकर्ताहरूको कांग्रेसले लामो सूची बनाएको छ ।

Published : Friday, 2026 February 20, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया