सेजलले मिस इको इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छिन् ।

ग्रीन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज पहिर्‍याउँदै प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो ।

बिहीबार द हाइट रेस्ट्रो एण्ड वेलनेस, महाराजगञ्जमा आयोजित कार्यक्रममा सेजललाई गत वर्षकी विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेशनल २०२६’ ताज पहिर्‍याएकी छिन् ।

ताज लगाएपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताइन् । आफूलाई यो अवसर प्रदान गरेकोमा ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाइन् ।

आगामी अप्रिलमा आयोजना हुने प्रतियोगीतामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहनेछ, जहाँ सेजल नेपालको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा उभिनेछिन् ।

Published : Friday, 2026 February 20, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया