खाता खोलेर खर्च गर्न उम्मेदवारहरूलाई निर्वाचन आयोगद्वारा निर्देशन

काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न प्रतिनिधि सभाका उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

शुक्रबार निर्वाच आयोगको कार्यालय कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा प्रचार–प्रसारसम्बन्धी सबै खर्च सोहि खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरूलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको बताएकी छिन् ।

पुनले उम्मेदवारहरूलाई खाता खोल्ने काममा बैंकहरूलाई सहजीकरण गर्न पनि आयोगले भनिसकेको बताएकी छिन् ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरूले बैक खाता खोली सोहि खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

Published : Friday, 2026 February 20, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया