बारा– १ मा एमाले, रास्वपाका झण्डै ३० नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश
निजगढ । बारामा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा, रास्वपा परित्याग गरेर करीव ३० जना स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बारा क्षेत्र नं. १ का तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकी र सिम्रौनगढ नगरपालिकाका पूर्व प्रमुख तथा बारा क्षेत्र नं. १ का क्षेत्रीय सभापति विजयशंकर यादवले शुक्रबार नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरेका छन् । आदर्श कोतवाल गाउँपालिकामा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरिएको हो ।
नवप्रवेशी सन्तोषकुमार गुप्ताले कांग्रेस जनताको सुख, दुःखमा साथ दिने पार्टी भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताए ।
नेकपाका प्रेमलाल साहले पनि कांग्रेसले मात्रै जनताको कुरा बुझ्न सक्ने र विकास गर्ने भन्दै आफू कांग्रेसमा प्रवेश गरेका बताए ।
सन्तोष र प्रेमलालसँगै रमेश साह, महादेव साह, श्रीचन साह, सिकेन्द्र साह, धर्मेन्द्र साह, मोहित साह, उदय साह, जोकु ठाकुर, मेघनाथ साह, मोहन साह लगायत दुई दर्जन व्यक्ति कांग्रेस प्रवेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया