सबै युनिट निर्वाचन सुरक्षामा हाइअलर्टमा खटिनुस् : एआईजी मगर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले निर्वाचन सुरक्षार्थ १ हजार ६०० भन्दा बढी जनशक्ति विभिन्न जिल्लाहरूमा खटिएका छन् ।

शुक्रबार काठमाडौंको स्वयम्भुस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टरबाट जिल्लाहरूमा आवश्यक जनशक्ति पठाइएको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्त र थप मद्दतहरू पठाइएको बताएका छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।

भर्चुअल माध्यममार्फत एआईजी मगरले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् ।

Published : Friday, 2026 February 20, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया