फेटा गाउँपालिकाका अध्यक्ष अन्सारीलाई हातपात, सुरक्षाकर्मीद्वारा उद्धार

वीरगञ्ज । बारा जिल्लाको फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयले हातपात गरेका छन् ।

शुक्रबार स्थानीयले हातपात गरेपछि अध्यक्ष अन्सारीलाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।

अध्यक्ष अन्सारीको फेटा–३ स्थित बजारमा भएको घर घेराउ गर्दै उनीमाथि हातपात भएको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उनलाई उद्धार गरेको छ ।

गाउँमा शुक्रबार राति जन्ती आएका दुई समुदायका युवाबीच कुटाकुट भएको थियो । त्यही विषयलाई लिएर स्थानीय अध्यक्ष अन्सारीसँग छलफल गर्न पुगेका थिए ।

अध्यक्ष अन्सारीले आफूले केही गर्न नसक्ने बताएपछि छलफलकै क्रममा स्थानीयले हातपात गरेका थिए । त्यहाँबाट जोगिन आफ्नै घरमा पसेका उनको घर घेराउ भएको थियो ।

Published : Friday, 2026 February 20, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया