रास्वपा परित्याग गरेका राणा कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेता डा.प्रणयशम्शेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राणा कांग्रेसमा प्रवेश गरेका हुन् । राणालाई कांग्रेसमा स्वागत गर्दै संगठन निर्माण लाग्न निर्देशन दिइएको छ ।

प्रणयले आफू घरबाट केही समय बाहिर गएर राजनीतिक अभ्यास सिकेर फेरि कांग्रेसमा फर्किएको बताएका छन् । राणाले आगामी दिनमा अझ बढी योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘एउटा फुटबल खेलाडी कहिलेकाहीँ लोनमा अर्को क्लबमा खेल्न जान्छ, केही कुरा सिकेर आउँछ,’ राणाले भने, ‘म त्यसरी नै आफ्नो घरबाट केही समय बाहिर गएँ, राजनीतिक अभ्यास गरेँ। सिकेँ आएँ र म अब नेपाली कांग्रेसलाई अझ पहिलाभन्दा बढी योगदान दिएर अझ दरिलो रूपले अगाडि बढाउने प्रयास गर्दछु प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

रास्वपामा टिकटको आकांक्षी रहेका राणाले दुई दिन अगाडि पार्टी परित्याग गरेका थिए । पार्टी परित्याग गरेसँग कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Thursday, 2026 February 19, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया