रवि–बालेन प्रचारमा हिँडेका बेला रास्वपाका उपसभापति हुमागाईंद्वारा पार्टी परित्याग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् ।
उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
‘पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ’, उनले भनेका छन्, ‘गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँहिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदार बनाइएको छ ।’
यसका साथै केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न र पार्टीको संरचनागत विकृति र निजी स्वार्थ रहेको उनको आरोप छ ।
रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानमा रहेका बेला बागमतीका उपसभापति हुमागाईंले पद त्याग गरेर पार्टी छाडेका छन् । सभापति लामिछाने सहकारी ठगी र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्धा खेपी रहेका छन् । रास्वपाका नेताहरू कुनैन कुनै काण्डमा जोडिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया