प्रजातन्त्र ल्याउन भूमिका खेल्ने अग्रजहरूलाई सभापति देउवाद्वारा स्मरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सभापति देउवाले सामाजिक सञ्जालमार्फत प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएका हुन् । उनले प्रजातन्त्र ल्याउन अग्रजहरूको योगदानको स्मरण गरेका छन् ।
सभापति देउवाले भने, ‘हाम्रा अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन २००७ फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
कांग्रेसभित्रको आन्तरिक विवाद र आधिकारिकताका लागि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका कारण सभापति देउवा सार्वजनिक कार्यक्रममा जाने गरेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया