पशुपतिनाथ मन्दिरमा युवती जिस्काउने र प्रहरी कुट्न यी टोले गुण्डाको खोजी, सूचना दिन अनुरोध
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा प्रहरीमाथि हातपात गर्ने मानिसहरूबारे सूचना दिन अनुरोध गरेको छ ।
महाशिवरात्रिको समयमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि खटिएका प्रहरीमाथि एक युवकले कुटपिट गरेका छन् । प्रहरीलाई कटपिट भएको भिडियोमा प्रहरीले व्यवस्थापन गर्न खोजेको देखिएको छ । तर, लामो कपाल पालेका हेर्दै टोले गुण्डा जस्तो देखिने एक युवाकले सुरक्षाका लागि डिउटीमा खटिएका प्रहरी जवानलाई कुटपिट गर्नुका साथै टोली फालिदिएका छन् ।
ती युवकले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाइनमा बसेकी युवतीहरूलाई दुःख दिएपछि प्रहरीले सुम्झाउन खोज्दा ती युवकले उल्टै प्रहरीलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
प्रहरीलाई कुटपिट गरेपछि ती युवक फरार भएका छन् । युवकको तस्बिर सार्वजनिक गर्दै काठमाडौं प्रहरीले सूचना दिन माग गरेको छ । यस्ता उछृङ्खल र उदण्ड युवकका कारण समाज अपराधतर्फ उन्मुख हुन लागेको हो की भन्ने संकेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया