रामहरि खतिवडाद्वारा कांग्रेसका उम्मेदवारहरू विजयी गराउन अनुरोध, ओखलढुङ्गाका मतदाता भेट्दै

टोक्सेल । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद रामहरि खतिवडाले कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरेर विजयी गराउन अनुरोध गरेका छन् ।

बुधबार बिहान गृहजिल्ला ओखलढुङ्गाको टोक्सेलमा चुनावी प्रचार प्रसारका क्रममा खतिवडाले पार्टीभित्रको आन्तरिक मनमुटावलाई तत्कालका लागि थाँती राखेर चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका हुन् । उनले मतदाताहरूसँगको भेटमा रुखलाई माया गरेर मतदान गरिदिनु हुन अनुरोध गरेका छन् ।

बुधबार खतिवडाले ओखलढुङ्गाको टोक्सेल, हर्कपुर, मानेभञ्ज्याङ, माम्खा, रुम्जाटार लगायतका स्थानमा चुनावी कार्यक्रममा सहभागी हुनेछन् । उनले गाउँगाउँमा पुगेर मतदाताहरूसँग भेट गरी कांग्रेसको पक्षमा भोट माग्नेछन् ।

Published : Wednesday, 2026 February 18, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया