प्रहरी महिला संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, खानेपानी तथा खाजा वितरण
काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, काठमाडौंले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूलाई प्रथामिक स्वास्थ्य उपचार, शुद्ध पिउने पानी तथा सुरक्षार्थमा खटिएका प्रहरी कर्मचारीहरूलाई खाजा शिविर कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको सहकार्यमा शिविरलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अवलोकन गरेका थिए । आईजीपी कार्कीले मानव सेवामा लागेको भन्दै नेपाल प्रहरी महिला संघको प्रशंसा गरेका छन् ।
शिविरको सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्याल, सशस्त्र प्रहरी श्रीमती संघकी अध्यक्ष अनिता लामिछाने र उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले अवलोकन गरेका थिए ।
नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्र रानीबारीका पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया