महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाको विशेष कार्यक्रम

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस–२०८२ अवसरमा विशेष कार्यक्रम गरेको छ ।

आइतबार काठमाडौंको सैनिक मञ्च, टुँडीखेलमा विविध कार्यक्रमहरू सहित मनाइएको हो । विशेष समारोहको शुभारम्भमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही–२०८२” विमोचन गर्नुका साथै फ्री–फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः प्रमुख सेनानी विवेक विक्रम शाह र हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो ।

राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको कार्यक्रममा नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाट समेत साङ्गीतिक प्रस्तुति गरिएको छ ।

सो अवसरमा प्रधानसेनापतिले विभिन्न क्षेत्रबाट सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउनु हुने गैर सैनिक महानुभावहरूलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गरेका छन् ।

Published : Sunday, 2026 February 15, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया