चुनावका लागि ढुक्क हुने वातावरण छैन, बंगलादेशमा जस्तै परिणाम आउँछ : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन् ।

आइतबार काठमाडौंबाट झापा आउने क्रममा भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको बताए । उनले चुनावको ढुक्क हुने वातावरण बनि नसकेको बताए । यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने उनले बताए ।

ओलीले बंगलादेशको निर्वाचनमा निर्वाचितलाई बधाई दिँदै नेपालमा पनि त्यस्तै परिणाम आउने प्रतिक्रिया दिएका छन् ।

एमालेका अध्यक्ष ओलीले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुने बताए । बंगलादेशमा कथित जेनजी आन्दोलन र लोकप्रिय युवाहरू भनेर निर्वाचनमा उम्मेदवार बनेकाहरूको लज्जास्पद पराजय भएको थियो । बंगलादेशमा नयाँ शक्तिहरू पराजित भएर पुरानै राजनीतिक दलले दुईतिहाई भन्दा धेरै बहुमत पाएको छ ।

उनले भने, ‘चुनाव हुने भयो भने भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि ।’

Published : Sunday, 2026 February 15, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया