मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी
लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ ।
धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि स्थानीयले संकलन गरेको फोहोरमैलालाई ट्रक मार्फत ढुवानी गरी पोखरा पठाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले जानकारी दिएका छन् ।
एक्यापले मुस्ताङको तल्लो क्षेत्रमा समुदायले संकलन गरेको नकुहिने प्लाष्टिकजन्य फोहोरमैला उठाएर पुनः प्रयोगका लागि पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रा.लि.मा निकारी गरेको कार्यालय प्रमुख गुप्तले उल्लेख गरेका छन् ।
चालु वर्षको पुस महिनासम्म संकलित फोहोर चार पटक ट्रकमा ढुवानी गरी पोखरा पठाईएको प्रमुख गुप्तले बताए ।
मुस्ताङमा पर्यटन व्यवसायी तथा स्थानीय समुदाय स्तरबाट संकलन भएको नकुहिने फोहोरलाई एक्याप जोमसोमले ट्रकको ढुवानी गरिएको भाडा आफ्नै आर्थिक खर्च व्यवस्थापन गरी पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरेको प्रमुख गुप्तले जानकारी दिएका छन् ।
यसवर्ष पहिलो चरणमा गत भदौ ११ गतेमा १७६ बोरा अर्थात ५४४ किलो, दोस्रो चरणमा कार्तिक १९ गतेमा १५४ बोरा अर्थात ८६० किलो, तेस्रो चरणमा मंसिर ७ गते २४२ बोरा अर्थात् १५३ किलो र चौथो चरणमा पुस ९ गतेमा १७२ बोरा अर्थात एक हजार ३५१ किलो फोहोर पोखरामा निकासी गरिएको छ ।
गतवर्ष एक्याप जोमसोमले तीन पालिकामा पर्यटन व्यवसायी तथा समुदायले संकलन गरेको दश हजार १९० किलो फोहोर ट्रकमा ढुवानी गरी पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रशोधन केन्द्रमा पठाएको थियो ।
यसअघि मुस्ताङमा संकलन हुने नकुहिने प्लासिष्टकजन्य फोहोर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रा.लि.बीच फोहोर व्यवस्थापन गर्ने सम्वन्धि सहमति गरेको थियो ।
एक्यापले मुस्ताङको थासाङ–४ घाँसा, थासाङ–३ लेते र धम्पु, थासाङ–२ कोवाङ, थासाङ–१ टुकुचे, घरपझोङ–३ स्याङ, घरपझाङ–१ छैरो, वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथमा फोहोरमैला संकलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया