रामहरिले टिकट पायो वा पाएन, कांग्रेसले टिकट पाएको छ, रुखले जितेर आउँछ : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले तत्कालीन अर्थमन्त्री डा.रामशरण महतको आर्थिक नीतिले गर्दा अहिले गाउँगाउँमा बैंकहरू स्थापना भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खतिवडाले आर्थिक उदारीकणको नीति ल्याउने व्यक्ति नेपाली कांग्रेसका तत्कालीन अर्थमन्त्री डा.रामशरण महत र नेपाली कांग्रेस पार्टी रहेको बताए । उनले अहिलेको भ्याटको अवधारणा पनि डा.रामशरण महतकै पालामा आएको बताए ।

खतिवडाले भने, ‘नेपालको राजनीतिमा, आर्थिक राजनीतिमा डा.रामशरण महतले ल्याएको पोलिसी (नीति)को बारेमा अरु कुरा छोडिदिनुस् । सानो उदाहरण दिन्छु । बैंकिङ पोलिसीको बारेमा नेपालमा कृषि विकास बैंक, बणिज्य बैंक र नेपाल बैंक । तीन वटा बैंकभन्दा अरु थिएनन् ।’

‘जब आर्थिक उदारीकणमा गयौं, आज हामीले गाउँगाउँमा बैंक पु¥याउन सफल भएका छौँ । त्यही रामशरण महतको पोलिसी थियो,’ खतिवडाले भने, ‘भ्याट पोलिसी त्यही रामशरण महतको थियो । त्यही बैंकिङ क्षेत्रबाट मात्रै वार्षिक नेपालमा झण्डै एक खर्ब ५० अर्ब ईन्कम हुन्छ । त्यो स्थापना गर्ने भनेको नेपाली कांग्रेस हो ।’

नेता खतिवडाले ओखलढुङ्गासहितका देशभरि रुख चिन्ह लिएर कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा रहेको बताए । उनले व्यक्तिलाई भन्दा पनि रुख चिन्हलाई कांग्रेसका कार्यकर्ताले मतदान गर्ने बताए ।

‘ओखलढुङ्गामा हामीले कांग्रेसलाई नै जिताएर आउँछौँ । तपाईहरू ढुक्क हुनुस् । रामहरि खतिवडाले टिकट पायो वा पाएन अहिले । कांग्रेसले टिकट पाएको छ । रुख चिन्हले जितेर आउँछ,’ खतिवडाले भने ।

‘ओखलढुङ्गा पनि जित्छ, दार्चुला पनि जित्छ, इलाम, झापा पनि जित्छ । सबै ठाउँ जित्ने गरेर हामी जान्छौँ,’ कांग्रेस नेता खतिवडाले भनेका छन् ।

Published : Sunday, 2026 February 15, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया