रुपन्देही २ मा कांग्रेसका चुन्नु र एमालेका विष्णुबीच टक्कर, चुन्नु नयाँ अनुहार
बुटवल । रूपन्देहीको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेलको पक्षमा माहोल बन्दै गएको कांग्रेसका नेता, कार्यकर्ताहरूले बताएका छन् ।
व्यवसायी समेत रहेका पौडेलको पक्षमा माहोल बन्दै गएको रुपन्देही कांग्रेसले जनाएको छ । यसअघि एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले चुनाव जितेको सो क्षेत्रमा यस पटक भने कांग्रेसका उम्मेदवार पौडेलको पक्षमा माहोल बनेको स्थानीय बताउँछन् ।
चुन्नु रुपन्देही २ का मतदाताका लागि नयाँ अनुहार हुन् । विष्णु पटक पटक परीक्षण भएका नेता हुन् । रुपन्देही २ का मतदाताहरू नयाँ उम्मेदवारबाट आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका उम्मेदवार पौडेल साढे दुई दशकदेखि रूपन्देही जिल्ला केन्द्रित भएर समाजसेवाका साथै व्यवसायमा जोडिएका छन् ।
रूपन्देहीकी स्थानीय तारा शर्माले यस पटक जिल्लामा विभिन्न उद्योगमार्फत करिब पाँच हजार युवालाई प्रत्यक्ष युवालाई रोजगारी दिन सफल रहेको हुँदा पनि त्यस क्षेत्रका जनतामाझ पौडेल पहिलो रोजाइमा पर्न सफल भएको बताइन् । उनको बुझाईमा एकातिर बदलिएको नेपाली कांग्रेस र अर्कोतिर समाजसेवी पौडेल यस क्षेत्रको चुनावी मैदानमा भएकाले रूपन्देही २ कांग्रेसको पक्षमा जाने निश्चित देखिएको हो ।
चुनावी प्रचारका क्रममा बुटवलमा बिहीबार बिहान आयोजित कार्यक्रममा अधिकांश रूपन्देही २ पौडेललाई मतदान गर्न उत्साही भएको प्रतिक्रिया दिएका छन् ।
रुपन्देही २ का नागरिकको समस्याको पहिचान गरेर त्यसको समाधानका लागि पौडेलबाट पहल हुनेमा स्थानीय ढुक्क छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया