निर्वाचनका लागि नेपाललाई भारतद्वारा तेस्रो चरणमा सवारी साधन हस्तान्तरण

काठमाडौं । नेपाल सरकारलाई भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २७० भन्दा बढी सवारी साधन हस्तान्तरण गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मक रूपमा ती सवारी साधन हस्तान्तण गरेका हुन् ।

नेपाल सरकारलाई उपहारस्वरुप प्रदान गररएको सहयोगको तेस्रो खेप अन्तगात नेपाली सेनाका लानग ५० वटा ट्रकहरू सहित २७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरू रहेको भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकारबाट प्राप्त निर्वाचन सम्बन्धी सहयोगको पहिलो खेप जसमा ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरू समावेश छन् । माघ ६ र माघ १५ गते नेपाललाई ती सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधन सहयोग स्वरुप उपलब्ध गराइसकेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले जानकारी दिएका छन् ।

भारत सरकारले नेपाली सेनाका लागि पनि थप ५० वटा सवारीसाधन उपलब्ध गराएको छ । ती सवारीसाधन राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देलललाई हस्तान्तरण गरेका हुन् ।

नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ । कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

Published : Thursday, 2026 February 12, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया