बालेन मेयर रहेको काठमाडौं महानगर कार्यसम्पादनमा सबैभन्दा कमजोर

काठमाडौं । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिएर झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिन हिँडेका छन् । काठमाडौं महानगरपालिकालाई बीचमा अलपत्र पारेर बालेन चुनाव लड्न गएका हुन् । यो कार्यसम्पादन मूल्यांकन बालेन मेयर रहेको समयको हो ।

सबैभन्दा अब्बल भने यस वर्ष विराटनगर महानगरपालिका रहेको छ । विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अंक पाएको छ ।

चौथो स्थानमा रहेको पोखराले ५८.०४ अंक पाएको छ । पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं छैटौं स्थानमा छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

देशभरि ८० अंक कटाउने स्थानीय तह भने ४ वटा मात्र छन् । जसमा अधिकांश पश्चिम नेपालका छन् ।

Published : Thursday, 2026 February 12, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया