रास्वपाको संगठन प्रमुख भट्टराई पक्राउ, अदालतबाट म्याद थप

तौलिहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।

बाणगंगा नगरपालिका वडा नं. ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेको उजुरी परेको थियो ।

माघ २६ गते भट्टराईले आफनो फेसबुक वालबाट ती कागजातहरू सार्बजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि रास्वपाका नेता भट्टराईलाई नियन्त्रणमा लिएको डीएसपी सिंहले बताएका छन् ।

भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ । भट्टराईलाई जिल्ला अदालत, कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Published : Wednesday, 2026 February 11, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया