नेकपाको बागमती प्रदेश कमिटी सदस्य कांग्रेसमा प्रवेश, डा.महतद्वारा स्वागत

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटी सदस्य एवम् नुवाकोट– काठमाडौं सम्पर्क समन्वय समितिका उपाध्यक्ष मनोज तमाङसहितका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा नेता तामाङसहितको टिम नेपाली कांग्रेसमा प्रवेश गरेका हो । तामाङसहितको टिमलाई कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसमा स्वागत गरेका छन् ।

नवप्रवेशीहरूलाई नेता डा.महतले स्वागत गर्दै कांग्रेसको संगठन निर्माण र उम्मेदवारहरूलाई विजयी बनाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

नेता तामाङसहितको टिमले नेपाली कांग्रेसका उम्मेदवारहरूको पक्षमा प्रचार प्रसार गरी विजयी बनाउने प्रतिवद्धता जनाएका छन् । नेता तामाङले डा.महतले नुवाकोट जिल्लाको विकासमा ठूलो योगदान र भूमिका रहेको भन्दै सोही कार्यबाट प्रभावित भएर नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

Published : Wednesday, 2026 February 11, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया