सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण गर्ने चार जना तस्करहरू पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा तस्करहरू र स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए । आक्रमणबाट सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको छ ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिएका छन् ।

संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सो ठाउँबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।

Published : Tuesday, 2026 February 10, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया