विद्यालयको जमीनको माटो बेचेर १० लाख भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ स्थित श्री महेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा प्रधानाध्यापक र अध्यक्ष राधाकृष्ण चौधरी र सम्झौताकर्ता नवलपरासीको रामग्राम नगरपालिका– ४ बस्ने दिनेश यादवविरुद्ध १० लाख ८ हजार ७ सय ३ रुपियाँ ७४ पैसा बिगो तथा कैद सजायको माग गरेर आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, जरिवाना र कदै सजायका माग दाबी गरिएको छ ।

प्रधानाध्यापक र समितिका अध्यक्ष चौधरी समेतको मिलोमतोमा विद्यालयको नाममा रहेको दुई कित्ता जमीन लगभग १ विगहा १० कठ्ठा १० धुर जग्गाको कुनै पनि निर्णय नगरी ५ फिट गहिरो माटो निकाली बेचबिखन गरी आर्थिक अनियमितता गरेको अभियोग लागेको छ ।

अध्यक्ष राधाकृष्ण चौधरी र सम्झौताकर्ता दिनेश यादवको आपसी मिलेमतो तथा योजनामा आफूहरूलाई गैरकानूनी लाभ तथा विद्यालय र गाउँपालिकालाई हानीनोक्सानी पु¥याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

Published : Monday, 2026 February 9, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया