सर्वोच्च अदालतका न्यायाधीश यति धेरै निरीह भएको कहिल्यै देखेको थिएन : कांग्रेस नेता ढुङ्गाना

काठमाडौं । नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दाको फैसला नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको बताए ।

पञ्चायत कालमा पनि न्यायाधीशहरूले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको उनले बताए । अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको सांसद ढुङ्गानाले बताए ।

उनले भने, ‘यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ । न्यायाधीशहरु यति निरीह भइरहनु भयो । नेपालको न्यायाधीश किन यति निरीह भए मलाई थाहा छैन ।’

‘पञ्चायतका, राजाको कालमा पनि आफूमाथि राजकाजको मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो । आज त्यस्तो अवस्था छैन,’ कांग्रेस सांसद ढुङ्गानाले भने ।

Published : Friday, 2026 February 6, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया