भ्रष्टाचारी सुरेन्द्र सिंहसँग गगनले तस्बिर खिचाउन मानेनन्, भ्रष्टाचारीलाई ठूलो अपमान

काठमाडौं । भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेस, सर्लाहीका तत्कालीन सभापति सुरेन्द्र सिंहसँग सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका गगनकुमार थापाले तस्बिर खिचाउन अस्वीकार गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा थापासँग भ्रष्टाचारी सिंहले तस्बिर खिचाउन खोजेका छन् । तर, थापाले भ्रष्टाचारी सिंहसँग तस्बिर खिचाउन अस्वीकार गरेका छन् । थापाले तस्वीर खिचाउन अस्वीकार गरेपछि भ्रष्टाचारी सिंह तनाबमा देखिएका छन् । भ्रष्टाचारी सिंहसँग तस्बिर खिचाउन अस्वीकार गरेका थापाले अन्य नेता, कार्यकर्ता र शुभेच्छुकहरुसँग भने तस्वीर खिचाएको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देख्न सकिन्छ ।

तस्वीर खिचाउनकै लागि भ्रष्टाचारी सिंहले थापालाई तानेको भिडियोमा देखिएको छ । थापाले मलाई अफ्ठ्यारो रहेको भन्दै भ्रष्टाचारी सिंहसँ तस्वीर खिचाउन अस्वीकार गरेका छन् ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि सुरेन्द्र सिंहले सभापति पदबाट राजीनामा दिएका छन् । थापा उनै भ्रष्टाचारी सिंहको सर्लाहीस्थित निवासमा बस्दै आएका छन् ।

सर्लाही क्षेत्र नं. ४ मा कांग्रेसका थापालाई उम्मेदवार बनाउन भ्रष्टाचारी सिंह र उनका भाइ मधेस प्रदेशका तत्कालीन मन्त्री वीरेन्द्र सिंहले लगेका हुन् । थापालाई निर्वाचनमा उम्मेदवार बनाउन लगेपछि सिंह दाजुभाइको सर्लाही जिल्लामा निकै उन्माद बढेको छ ।

Published : Wednesday, 2026 February 4, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया