शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलले निर्वाचिन सुनिश्चित भयो : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलले निर्वाचन सुनिश्चित भएको बताएका छन् ।
बिहीबार कैलाली–२ मा कांग्रेस नेताकार्यकर्तासँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले भने, ‘जेनजी आन्दोलनपछि गठन भएको सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा निर्वाचन हुने/नहुने भन्ने अन्योल सिर्जना भइरहेको थियो ।’
सभापति देउवाले कांग्रेसलाई विभाजन हुन नदिन र निर्वाचनलाई असर पर्ने गतिविधि हुन नदिन आन्तरिक पहल गरेका थिए । देउवाले भृकुटीमण्डप भेलाबाट कांग्रेस कब्जा हुँदा समेत सार्वजनिक रुपमा एकशब्द बोलेका छैनन् । असन्तुष्टि पनि पोखेका छैनन् । पहिला मुलुक, पार्टी अनि बल्ल व्यक्तिको नीति सभापति देउवाले लिएका छन् । मुलुकलाई बचाउनका लागि सभापति देउवाले बिषलाई पिएर भए पनि निर्वाचन र कांग्रेस बचाउन लागेका छन् ।
‘त्यो बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलमा राजनीतिक दलहरूसँग छलफल भएको र त्यसपछि राष्ट्रपति समक्ष बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति सुनिश्चित गरेको हो,’ शाहले भने ।
उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु संघीय सरकारको प्रमुख जिम्मेवारी रहेको पनि बताएका छन् । उनले केन्द्र सरकारबाट दल तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया