वीरेन्द्रले सम्मान गर्न बोलाएर गगनबाट कांग्रेस प्रवेश गराइएका वडाध्यक्ष पुरानै पार्टी फर्किए
हरिवन । सर्लाही ५ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पार्टीमा भित्र्याएका वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता आफ्नै पार्टीमा फर्किएका छन् ।
सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष गुप्ताले बिहीबार आफ्नै पूरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपालमा फर्किएको घोषणा गरेका छन् ।
गुप्ता जसपा नेपालबाट निर्वाचित भएका वडाध्यक्ष हुन् । आफू कांग्रेस परित्याग गरी पूरानै पार्टीमा फर्किएको वडाध्यक्ष गुप्ताले घोषणा गरेपछि सर्लाही ५ मा कांग्रेसका उम्मेदवार थापालाई ठूलो झट्का लागेको छ ।
वडाध्यक्ष गुप्ताले आगामी निर्वाचनमा पनि जसपा नेपाललाई नै सहयोग गर्ने बताएका छन् । भिडियो अन्तर्वार्तामा गुप्ताले आफू शुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका–५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् ।
यसअघि पार्टीको गठबन्धनका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहसँग नजिकिएको र सोही कारण त्यहाँ गएको बेला आफूलाई सम्मान गरेको उनले बताएका छन् ।
जसपाका वडाध्यक्ष गुप्ताले आफ्नो पार्टी छोडेर अन्य कुनै दललाई भोट नदिने र जसपाप्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
बुधबार सर्लाहीको गोडैतामा सर्लाही ५ मा कांग्रेसका उम्मेदवार थापालाई सहयोग गर्ने भन्दै गुप्तासहित चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेको सर्लाही कांग्रेसले जनाएको थियो ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया