उदण्ड अभिव्यक्ति दिने रास्वपाका उम्मेदवार थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । उदण्ड अभिव्यक्ति दिएर जनतामा भ्रम फैलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हेरमराज थापाविरुद्ध निर्वाचन आयोगको आचार संहिता उल्लंघन गरेको सम्बन्धमा उजुरी परेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको तर्फबाट निजी सचिवालयले बुधबार आयोगको कार्यालय, कान्तिपथमा रास्वपाका उम्मेदवार थापाविरुद्ध उजुरी दिएको हो ।
रास्वपाका उम्मेदवार थापाका साथै उनका सहयोगी बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ बोलडिक बस्ने नारायणदत्त उपाध्यायविरुद्ध पनि उजुरी परेको छ । थापाले उपाध्यायको फेसबुक आईडीबाट आचारसंहिता विपरीतको अभिव्यक्ति दिँदै मुख्यमन्त्री बानियाँलाई भौतिक आक्रमण गर्ने धम्की दिएका छन् ।
रास्वपाका उम्मेदवार थापाले बाजुराको हिउले पुरिएको सडकमा उभिएर बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई गालीगलौज गर्नुका साथै पी.एस.बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको निर्माण कार्य सम्पन्न नभएको भनी थापा र नारायणदत्त उपाध्यायको फेसबुक आईडीबाट धम्की दिएका छन् ।
मुख्यमन्त्री बानियाँले पी.एस.बानियाँ जे.भी.सँग आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमको सम्बन्ध नरहेको बताएका छन् ।
‘फागुन २१ गते चुनाव हुँदै छ म आउँदै छु सांसद भएर त्यसपछि मुख्यमन्त्री कार्यालयमा आएर घाँटीमा समात्न नपरोस्, सतर्क रहनुुस् भनी धम्कीपूर्ण भाषामा ईन्द्रबहादुर बानियाँ नेपाली कांग्रेसका हुन् भन्दै पटक पटक मुख्यमन्त्रीको नाम उच्चारण गरि निर्वाचनलाई प्भाव पार्ने उद्देश्य राखी होच्याउने, अपमान गर्ने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने साथै मुख्यमन्त्रीको चरित्रहत्या गर्ने, लाञ्छना लगाउने र मानहानी गर्ने उद्देश्यले भिडियो सामग्री उत्पादन गरी त्यस्तो सामग्री सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण गरेको कार्यलय निर्वाचन आचार संहिता उल्लंघन भएकोले ऐन, कानून अनुसार सजाय गर्न’ उजुरीमा माग गरिएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया