कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत जाँदै, प्रधानन्यायाधीशसँग भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने भएका छन् ।

प्रतिनिधि सभा पुनःस्थापनाका लागि रिट पेश गरेका नेपाली कांग्रेसका सदस्यहरूको डिलेकेशन टोलीले बिहीबार माघ १५ गते बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जान जागेका छन् । संसद पुनःस्थापनाको रिटलाई सर्वोच्च अदालतले पेशीमा नचढाएपछि कांग्रेसका नेताहरूले सर्वोच्च अदालतसँगका प्रधानन्यायाधीशसँग आग्रह गर्न लागेका हुन् ।

कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीशलाई भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा राखेर सुनुवाई गर्न आग्रह गरिनेछ ।

Published : Wednesday, 2026 January 28, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया