बारामा आमा र छोराको हत्या, ३ जना घाइते

वीरगञ्ज । बारा जिल्लामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको छ ।

बुधबार बिहान ३ बजे परवानीपुर गाउँपालिका वडा नं. १ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको प्रहरीले जनाएको छ । बुवा जगरुक मण्डल गम्भीर घाइते छन् । जागरुक मण्डलसहित तीनजना घाइते भएका छन् ।

एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् । घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

Published : Wednesday, 2026 January 28, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया