संसद पुनःस्थापनाको माग गर्दै युवाहरूद्वारा काठमाडौंमा प्रदर्शन र धर्ना

काठमाडौं । युवाहरूले संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

मंगलबार युवाहरूको समूहले माइतीघर मण्डलामा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । असंवैधानिक रुपमा विघटन गरेको संसद वैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरूले प्रदर्शन गरेको जनाएका छन् ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरूको विश्वास छ ।

उनीहरूले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र वैधानिक तवरबाट संसद पुनःस्थापना होस् भन्ने आफूहरूको मुख्य माग रहेको जनाएका छन् ।

देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरूको भनाइ छ । प्रदर्शनमा सहभागी युवाहरूले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, विघठित संसद पुनःस्थापना गरलगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

Published : Tuesday, 2026 January 27, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया