पूर्वराजा शाहद्वारा जानकी माताको दर्शन, समर्थकले भने– राजा आउ देश बचाउ

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् ।

सोमबार आफ्नो धार्मिक भ्रमणका क्रममा दिउँसो मन्दिर आइपुगेका पूर्वराजा शाहले जानकी माताको दर्शन गरी देशको कल्याणको कामना गरेका हुन् ।

पूजापाठ सम्पन्न भएपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूर्व राजा शाहलाई जानकी मन्दिरको चाँदीको प्रतिमा उपहार स्वरूप प्रदान गरेका छन् । महन्थ दासले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै २०४७ साल पछिका संवैधानिक व्यवस्था हटाउन पूर्व राजालाई आग्रह गरे । उनले देशमा राजतन्त्रसहितको हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि देशभरका सम्पूर्ण साधुसन्तहरू आन्दोलनमा उत्रिन र साथ दिन तयार रहेको बताए ।

उपस्थित समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी गर्दै मन्दिर परिसर गुञ्जायमान बनाएका थिए ।

Published : Monday, 2026 January 26, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया