कांग्रेस नेतृ डा.राणाको ६३औँ जन्मदिन, सामान्य तरिकाले शुभकामना आदान प्रदान

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाले ६३औँ जन्मदिन मनाएकी छिन् ।

पति समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.राणालाई जन्मदिनको शुभकामना दिएका छन् । सोमबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासमा नेतृ डा.राणाले सामान्य रुपमा आफ्नो जन्मदिन मनाएकी छिन् ।

नेतृ डा.राणाको जन्मदिनको अवसरमा शुभकामना दिन कांग्रेसका युवा नेता तथा नेतृहरू निवासमा पुगेका छन् ।

Published : Monday, 2026 January 26, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया