काठमाडौंमा नक्कली हतियार सहित २ जना पक्राउ

काठमाडौं । प्रहरी बृत्त, सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कली हतियार सहित २ जनालाई पक्राउ गरेको छ ।

शनिबार राती काठमाडौं महानगरपालिका– ३२ स्थित कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका– ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई हाल काठमाडौंको जडीबुटी बस्ने कुमार लोहार रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले ३०३ राइफल जस्तो देखिने डमी लामो हतियार १ थान,कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो ।

सि.सि. टिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको मोटरसाईकल किरण घिमिरेको रहेको अनुसन्धानबाट खुलेको छ ।

किरण घिमिरेलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाईछिपाई राखेको अवस्थामा सामानहरू फेला परेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2026 January 25, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया