कांग्रेस एक छ, हामी एक छौं : कुन्दन काफ्ले

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले व्यक्तिभन्दा माथि पार्टी रहेको भन्दै चुनाव चिन्ह रुख लिएर आउने आधिकारिक उम्मेदवारलाई नै विजयी बनाउनुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता काफ्लेले भने, ‘कांग्रेस एक छ, हामी एक छौं ।’ उनले सबैले कांग्रेसलाई विजयी बनाउनुपर्ने बताए ।

उनले भने, ‘बाका ओठमा मुस्कान नाच्यो । म पनि मुस्कुराएँ । निर्वाचनका लागि उम्मेदवारी मनोनयका दिन हाम्रो प्रिय दल नेपाली कांग्रेसका उम्मेदवार अजयवावु शिवाकोटीसहित म मेरो जिल्ला दोलखामा थिएँ ।’

‘मलाई एकजना बृद्ध बुबाले मेरा दुई हात समातेर सोध्नुभयो– कुन्दनबाबु आज तपाईँको मनोनयन होला भनेको अजयबाबुलाई देखेँ । के हो कुरो ?’ उनले भने ।

‘मैले ती बाको आँखामा एकटकले हेर्दै भनेँ– कुरो केही होइन बा, यो व्यक्तिको कुरा होइन । यो तपाई हाम्रो दल कांग्रेको कुरो हो । दल एकढिक्का हुँदा मात्र दलको शीर उचो हुन्छ ।’

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री काफ्लेले भने, ‘हामी सबै कांग्रेसजनको शीर उँचो हुन्छ । दलमा आत्मा भरिँदा मात्र हामी सबैको आत्मसम्मान जोगिन्छ । त्यसैले कुन्दन या अजयबाबुभन्दा अलिक माथि उठेर हामीले हाम्रो दललाई सोच्नुपर्नेछ ।’

‘ती बाले फेरि अर्को प्रश्न सोध्नु भो– तपाईको नेतृत्वले यो कुरा सोच्छ त ? मैले भनेँ– बा कांग्रेस पो हो त हामी । सोँच्छ नि किन नसोच्नु,’ नेता काफ्लेले भने ।

Published : Sunday, 2026 January 25, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया