बढुवा भएका १६ एसपीहरूको पदस्थापना
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका १६ जनाको पदस्थापन भएको छ ।
शुक्रबार मानव स्रोत विकास विभागले १६ जना एसपीको सरूवा गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
एसपी पुष्पराज मल्ललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, धमरराज भण्डारीलाई सूचना विश्लेषण शाखा नक्साल, रविन श्रेष्ठ प्रदेश समन्वय विभाग, नक्साल (काज), दिलिपकुमार गिरी साईबर व्यूरो भोटाहिटी, कुमारविक्रम थापा प्रहरी अस्पताल, बुद्ध श्रेष्ठ अपराध अनुसन्धान शाखा धरान, मानबहादुर राई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, मोहनबहादुर खाण बागमती प्रदेश प्रहरी, श्यामु अर्याल गण्डकी प्रदेश प्रहरी पोखरा, भरत लामा सीआईबीमा पदस्थापना भएको छ ।
एसपी सागर बोहरलाई सुदूरपश्चिम प्रदेश प्रहरी धनगढी, रामकुमार दानी मानवअधिकार उल्लंघन अनुगमन ईकाई नक्साल, छेदीलाल कामती विशेष सुरक्षा गण महेन्द्रनगर, हरिबहादुर ओली मानव बेचबिखन अनुसन्धान शाखा काठमाडौं, प्रदीपकुमार सिंह अपराध अनुसन्धान विभाग नक्साल (काज) र दीपक भारती कार्यविभाग नक्साल (काज)मा पदस्थापना भएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया