नेपाल प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नवीना खत्री कार्कीले बसन्त पञ्चमीको शुभ–अवसरमा शैक्षिक सामग्री वितरण गरेकी छिन् ।
शुक्रबार नेपाल प्रहरी विद्यालय सामाखुशी काठमाडौंको प्राङ्गणमा रहेको मन्दिरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा सहभागी हुँदै शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् ।
उनले विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूलाई स्टेशनरी सामग्री वितरण गर्नुको साथै विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरेकी छिन् ।
शैक्षिक सामग्री तथा प्रविधियुक्त शिक्षाको लागि स्मार्ट बोर्ड समेत अध्यक्ष कार्कीले हस्तान्तरण गरेकी छिन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका डीआईजी ओमप्रसाद अधिकारी, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया