उच्च राजनीतिक संस्कार देखाउँदै कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा
काठमाडौं । उच्च राजनीतिक संस्कार देखाउँदै नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
सभगगन थापा नेतृत्वको कांग्रेस समूहले शुक्रबार ९माघ ९०देखि ललितपुरको सानेपास्थित पार्टी कन्द्रीय कार्यालय कब्जा गर्न लागेपछि पौडेलले मुख्य सचिव पदबाट राजीनामा दिएका हुन् । बिहीबार उनले कांग्रेस केन्द्रीय कार्यालयमा राजीनामा बुझाएका छन् ।
०७२ सालमा पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए । नवनिर्वाचित सभापतिलाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि मुख्य सचिव पदबाट राजीनामा दिएको बताएका छन् ।
उनले आफ्नो राजीनामा कसैले नमागेको बताए । आफूले स्वविवेकले पद छाडेको पौडेलले बताए ।
Published : Thursday, 2026 January 22, 4:50 pm
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया