नवलपरासी २ मा कांग्रेसबाट नेताद्वय कँडेल र थापाको उम्मेदवारी दर्ता

बर्दघाट । नेपाली कांग्रेस, नवलपरासीमा टिकट खोस्ने र अर्को नेतालाई दिने कार्य भएको छ ।

नवलपरासी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको टिकट लिएर दुईजनाले नै उमेदवारी दर्ता गराएका छन् । उनीहरूको आधिकारिकता बारेमा अन्योलता सिर्जना भएको छ ।

कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले दुवैजनालाई टिकट दिएपछि सुरुमा थापाले निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराएका थिए । त्यसपछि पूर्वमन्त्री कँडेलले पनि आफ्नो उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले थापाको उमेदवारीलाई ७ नम्बरमा दर्ता गरेको छ । कँडेल उमेदवारी दर्ताको तयारीका साथ निर्वाचन अधिकृतको कार्यालयमा आउँदै गर्दा थापाले आफ्नो उमेदवारी दर्ता गराएका थिए ।

दुवैजनाको पार्टीको आधिकारिता पत्र प्राप्त भएपछि भोलि दिउँसो ३ देखि ५ बजेसम्म विवाद टुंग्याउने कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पराजुलीले बुधबार दिउँसो ३ देखि ५ बजेभित्र टुंगो लाग्ने बताए ।

निर्वाचन आयोगले कँडेललाई दिएको पत्रमा पनि दुईजनाको मनोनयन पत्र दर्ता भएकोले छानबिन गरी निर्णय गर्ने कैफियत उल्लेख गरिएको छ ।

Published : Wednesday, 2026 January 21, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया